Kathmandu Press

भारतमा एकै दिन थपिए १७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली, असार ९ : बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार...
भारतमा एकै दिन थपिए १७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली, असार ९ : बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

एक दिनअगाडि भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका बिहीबार जनाइएको थियो।  

हाल भारतमा ८८ हजार २८४ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो। 

पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ४९ हजार ५६ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ।
 
कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ७७  लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ।

यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ। 

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, असार १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्