Kathmandu Press

अवैध चिनी बरामद

नेपालगन्ज, असार १० : भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ।वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त...
अवैध चिनी बरामद

नेपालगन्ज, असार १० : भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ।

वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले यहाँस्थित नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए। 

Hardik ivf

'नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा ठुलो मात्रामा चिनी फेला पारेका हौं,' उनले भने। बाँकेमा विशेष गरी सेटिङमै जमुनाह, हिरमिनिया, साइगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठुलो परिणाममा चिनी तस्करी हुँदै आएको बताइएको छ।

भारतबाट तस्करी गरी ल्याइएको चिनी चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, दाङलगायत पहाडी जिल्लामा वितरण गरिन्छ।

प्रकाशित मिति: १२:०० बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्