Kathmandu Press

अफगानिस्तानका भूकम्पपीडितलाई राष्ट्रसंघीय एजेन्सीहरुको सहयोग

काबुल, असार १० : अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन्।  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता...
अफगानिस्तानका भूकम्पपीडितलाई राष्ट्रसंघीय एजेन्सीहरुको सहयोग

काबुल, असार १० : अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन्।  

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसंघीय निकायहरुले अफगानिस्तानका भूकम्पपीडितलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् ।

Hardik ivf

राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरुका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको छ ।

त्यसैगरी विश्व खाद्य कार्यक्रमले खाद्यान्न तथा विश्व स्वास्थ्य संगठनले पीडित तथा घाइतेहरुका लागि आवश्यक औषधिको प्रबन्ध गरिरहेको पनि प्रवक्ता डुजारिकले जानकारी दिए।

अन्य विदेशी निकाय तथा पाकिस्तानले पनि यहाँका पीडितहरुका लागि टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गरिरहेका बताइएको छ।  

अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी १ हजारजनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ व्यक्ति प्रभावित भएका छन्।  

भूकम्पका कारण धेरै ठाउँका हजारौं भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार बिहान १.३० बजेतिर भूकम्प आएको हो ।घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ। घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौँ उद्धारकर्ता पनि परिचालित छन् ।  

तालिबान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाटपीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए।

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्