Kathmandu Press

अदालतबाट १० लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ

काठमाडाैं, असार ९ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १० लाख १२ हजार रूपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको...
अदालतबाट १० लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ
Hardik ivf

काठमाडाैं, असार ९ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १० लाख १२ हजार रूपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले विसं २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम रु १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले खड्काले आफ्नो प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकाले अदालतको आदेशअनुसार कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ खड्कालाई उच्च अदालतले बैंकिङ कसुर तथा सजाया ऐन २०६४ बमोजिम कैद तथा जरिवना हुने फैसला सुनाएको थियो। प्रहरीले पक्राउ खड्कालाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए।

प्रकाशित मिति: २०:४९ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्