Kathmandu Press

दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप

दार्चुला, असार ९ : जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको...
दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप

दार्चुला, असार ९ : जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो।

यसअघि कोरोना खोप लगाउन छुटेका तथा बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको जिल्ला कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तले बताए।

Hardik ivf

कारागारमा रहेका २९ जना कैदीबन्दी तथा दुई जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको हो। कारागारमा हाल ५२ जना कैदी र १९ जना बन्दी रहेका छन् भने एक जना महिला बन्दी छन्। कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी भएपछि यो वर्ष एक कोठा थप निर्माण गरिएको पन्तले बताए।

‘घ’ श्रेणीको कारागारमा २५ जना पुरुष र १५ जना महिला कैदीबन्दीको क्षमता हो। कारागार जीर्ण भए पनि मर्मत गर्दै कैदीबन्दी राख्ने व्यवस्था मिलाइएको कारागार प्रशासनले जनाएको छ।

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्