Kathmandu Press

काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

काठमाडाैं, असार ९ : काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गरेका छन।

एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्रह गरेका हुन। उनले काठमाडौँ महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका सकारात्मक रहेको बताए।

Hardik ivf

नगरप्रमुख शाहले एनआरएनएको योजना कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिका लाग्ने विश्वास व्यक्त गरे। एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताए।

अध्यक्ष आचार्यले एनआरएनले काठमाडौँ महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गरे। भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १९:१४ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्