मावन वेचविखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ
काठमाडौं, असार ९ : मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई असार ५ गते प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा मानव...
काठमाडौं, असार ९ : मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई असार ५ गते प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका ५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका ४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् ।
उनीहरूले १३ वर्षीया बालिकालाई वेचविखन गर्ने उद्देश्यले बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाईफकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












