Kathmandu Press

अमेरिकाबाट विशेष हतियार प्रणाली युक्रेन आइपुग्यो

कीभ, असार ९ : युक्रेनले बिहीबार उसले संयुक्त राज्य अमेरिकाबाट सटीक तोपखाना प्रणाली प्राप्त गरेको जनाएको छ। त्यो प्रणाली उन्नत हतियारहरूको लागि उपयुक्त...
अमेरिकाबाट विशेष हतियार प्रणाली युक्रेन आइपुग्यो

कीभ, असार ९ : युक्रेनले बिहीबार उसले संयुक्त राज्य अमेरिकाबाट सटीक तोपखाना प्रणाली प्राप्त गरेको जनाएको छ। त्यो प्रणाली उन्नत हतियारहरूको लागि उपयुक्त मानिन्छ। कीभको विशेष अनुरोधमा अमेरिकाले सो प्रणाली प्रदान गरेको हो।

'हिमार्स युक्रेन आइपुगेको छ। मेरो सहकर्मी र मित्र सेसडेफ लोयड जे अस्टिन-तृतीयलाई यी शक्तिशाली उपकरणहरूका लागि धन्यवाद! गर्मी रुसी कब्जाकर्ताहरूका लागि भारी हुनेछ। तिनीहरूमध्ये केहीका लागि अन्तिम अस्त्र पनि हुन सक्नेछ,' युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ ट्वीटरमा लेखेका छन्।

प्रकाशित मिति: १८:५२ बजे, बिहीबार, असार ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्