Kathmandu Press

आरसीओडीको म्याद एक वर्ष थपिएकामा इपान प्रसन्न

काठमाडाैं, असार ९ : कोरोनाबाट प्रभावित भएका जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) एक वर्ष भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ...
आरसीओडीको म्याद एक वर्ष थपिएकामा इपान प्रसन्न

काठमाडाैं, असार ९ : कोरोनाबाट प्रभावित भएका जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) एक वर्ष भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा परियोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपीए) गर्दा निर्धारण गरेको व्यापारिक उत्पादन सुरु गर्ने मितिको म्याद एक वर्ष थप गरेकामा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान) ले स्वागत गरेको छ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आज एक विज्ञप्तिमार्फत सरकारको उक्त कदमको स्वागत गरेका छन। सरकारको यस कदमले समग्र ऊर्जा क्षेत्रमा ठूलो राहत महसुस हुनुका साथै यो क्षेत्र उत्साहित भएको इपानको ठहर छ। यस्तो राहत प्रदान गरेर सरकारले स्वतन्त्र ऊर्जा उत्पादकलाई अप्ठ्यारो परेका अवस्थामा राज्यले अभिभावकत्व प्रदान गर्छ भन्ने सन्देश प्रवाह गरेको इपानको ठहर छ।

Hardik ivf

आगामी दिनमा विद्युत् खरिद बिक्री सम्झौतालगायत ऊर्जा क्षेत्रमा देखापर्ने समस्या समाधानका लागि मन्त्रालयको यस्तै अभिभावकीय भूमिका रहन्छ भन्ने इपानले विश्वास व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'कोभिड महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका कारण अन्य क्षेत्र जस्तै जलविद्युत् क्षेत्र पनि नराम्रोसँग प्रभावित भई जलविद्युत् परियोजनाको काम करिब साढे दुई वर्ष ठप्प हुन गयो। कोभिडका कारण लामो समयसम्म जलविद्युत् परियोजनामा भौतिक निर्माणका कार्य रोकिनुका साथै स्वदेश फर्केका विदेशी दक्ष प्राविधिक र कामदार अझसम्म नआएको अवस्था छ।'

यस कारण ऊर्जा परियोजनाले नेपाल विद्युत् प्राधिकरणसँग पिपीए गर्दा निर्धारण गरेको व्यापारिक उत्पादन सुरु गर्ने मितिमा परियोजना सम्पन्न हुनसक्ने अवस्था छैन। सो अवस्थालाई मध्यनजर गरेर इपानले विद्युत् उत्पादन मिति दुई वर्ष थप गरी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमक्ष अनुरोध गरेको थियो। हाम्रो माग र परिस्थितिलाई हेरेर मन्त्रालयले एक वर्ष म्याद थप गरिदिएको छ।

प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्