Kathmandu Press

नागरिक सुरक्षाप्रति संवेदनशील हुन सांसदहरुको माग

काठमाडाैं, असार ९ : राष्ट्रियसभाका सांसदहरुले नागरिक सुरक्षाप्रति संवेदनशील भएर योजना बनाउनुपर्ने बताएका छन्।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सात मन्त्रालयको विविध...
नागरिक सुरक्षाप्रति संवेदनशील हुन सांसदहरुको माग

काठमाडाैं, असार ९ : राष्ट्रियसभाका सांसदहरुले नागरिक सुरक्षाप्रति संवेदनशील भएर योजना बनाउनुपर्ने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सात मन्त्रालयको विविध शीर्षकमाथिको छलफलमा उनीहरुले महिला हिंसाको अन्त्य गर्न माग गरेका छन्। सांसदहरुले सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा जोड दिएका छन्। 

Hardik ivf

बैठकमा सांसद महेशकुमार महराले राज्यले नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताए। नेपाल टेलिकमको सेवाको गुणस्तर बढाउनुपर्नेमा उनको जोड छ। सांसद गङ्गाकुमारी बेल्वासेले देशभर महिला हिंसाका घटना भइरहेकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरे। 

उहाँले १० देखि १८ वर्ष उमेर समूहका बालिकाका लागि शारीरिक सुरक्षासम्बन्धी तालिम दिनुपर्ने बताए। उनले कैदीबन्दीको घनत्व घटाउनुपर्ने र कारागारलाई सुधार केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।  

सांसद सुमित्रा विसीले राजधानीलगायत सहरी क्षेत्रमा नागरिकले विद्युतको समस्याका कारण वर्षैपिच्छे इन्डक्सन चुलो फेर्नुपर्ने अवस्था रहेको बताए। लिफ्ट सिँचाइमा सरकारले एकदेखि पाँच लाखको टुक्रे बजेट छुट्टयाउने गरे पनि त्यो पर्याप्त नभएको बताए। 

सांसद् जीतेन्द्रनारायणदेवले आर्थिक आवश्यकताका आधारमा बजेट बनाउनुपर्नेमा जोड दिनुभयो। दुबै सदनमा राजनीति र अर्थतन्त्र बुझ्ने सांसद भएकाले पर्याप्त छलफल हुनुपर्ने उनले बताए। आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, गृह, रक्षा मन्त्रालय तथा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो। 

मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धमा राष्ट्रियसभामा यही १२ र १३ गते विषयगत मन्त्रीबाट जवाफ दिने अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदनमा जानकारी गराएका छन्।

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्