थप ४९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार ९ : नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा ३३...
काठमाडाैं, असार ९ : नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा ३३ जना र १ हजार २ सय ६० एन्टीजेन परिक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन।
त्यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ४२ जना निको भएका छन्।
हाल नेपालमा १ सय ६३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












