Kathmandu Press

नगरसभा सम्पन्न भएको भन्दै बाह्रबिसेमा भाेलि सार्वजनिक बिदा

काठमाडाैं, असार ९ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ।नगरपालिकाले एक सूचना जारी गरेर ११औं नगरसभा सम्पन्न भएको...
नगरसभा सम्पन्न भएको भन्दै बाह्रबिसेमा भाेलि सार्वजनिक बिदा

काठमाडाैं, असार ९ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले आज (बिहीबार) एक सूचना जारी गरेर ११औं नगरसभा सम्पन्न भएको अवसरमा भोलि (असार १० गते शुक्रबार) का लागि सार्वजनिक बिदा दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टद्वारा हस्ताक्षरित सूचनामा असार १० गते नगरपालिका र नगरभरिका सबै सरकारी कार्यालय बिदा हुने उल्लेख छ।

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्