Kathmandu Press

एनआरएनए प्रतिनिधि मण्डल र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं, असार ९ : गैरआवासीय नेपाली संघ ((एनआरएनए) को प्रतिनिधि मण्डल र  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ।भेटघाटको क्रममा...
एनआरएनए प्रतिनिधि मण्डल र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं, असार ९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधि मण्डल र  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ।

भेटघाटको क्रममा  संघले महानगरपालिकासँग सहकार्य गरी काठमाडौं महानगरपालिकामा 'स्मार्ट सिटी' अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माण लगायतका विषयमा छलफल भएको संघका अध्यक्ष कुल आचार्यले जानकारी दिए ।

Hardik ivf

'मैले ललितपुर महानगरपालिकासँगको समन्वयमा संघले  शंखमुल पार्क निर्माण गरी ललितपुर महानगरपालिकालाई नै हस्तान्तरण गरेको जानकारी दिएँ।

त्यस्तै गत वर्ष नै टेन्डर आह्रवान गरी बनाउन लागेको सार्वजनिक शौचालय कलंकी सडक विस्तार गर्दा  जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त महानगरपालिकालाई आग्रह गर्ने हामीले बतायौं,' आचार्यले भने।

आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले काठमाडौं सिटीलाई 'स्मार्ट सिटी' बनाउन सहकार्य र समन्वय गर्न संघ हरदम तयार रहेको बताए।

मेयर साहले काठमाडौंलाई  कला, संस्कृति र सम्पदाको शहरको रुपमा संसारभरि चिनाउन संघलाई आग्रह गरेका थिए  । एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउने र  व्यवस्थापनका लागि पनि महानगरपालिका सकारात्मक रहेको उनले बताए।

उनले 'कुकुर तिहारलाई विशेष पर्वका रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गरे । गैर आवासीय नेपाली संघको योजनाहरु कार्यान्वयन  महानगरपालिकाको सिटी प्लानिङ टिमसँग सहकार्य गर्न एनआरएनलाई आग्रह गरे।

मेयर शाह र उनको टिमसंग सहकार्य गर्न संघ उत्साहित रहेको आचार्यले बताए। मेयर शाह र उनको टिमसंग सहकार्य गर्न संघ उत्साहित रहेको आचार्यले बताए।

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्