Kathmandu Press

न्यायाधीश अडियो प्रकिरणबारे संसदमा प्रश्न 

काठमाडौं, असार ९ : प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको अडियो संवाद ले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग...
न्यायाधीश अडियो प्रकिरणबारे संसदमा प्रश्न 

काठमाडौं, असार ९ : प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको अडियो संवाद 

ले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद् भएको बताए

Hardik ivf

केही दिनअघि सञ्चारमाध्यमबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक भएको थियो । उक्त घटनाको सर्वत्र विरोध भइरहेका बेला यो विषयले सदनमा समेत प्रवेश पाएको छ । 

राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाउँदै सांसद सिटौलाले भनिन्, ‘सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, गाडी जोड्ने, घर बनाउने, जनता हेरिरहने ।’

उनले आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै सदनको ध्यानाकर्षण गराए। ‘यसका बारेमा सिङ्गो संसद् एकजुट हुनुपर्छ कि पर्दैन ?’ उनले सदनमा प्रश्न गरिन्। 

उनले यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभई सिङ्गो आवाज बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले देश डुबाउनेहरूलाई खबरदारी गर्न जरुरी रहेको पनि औंल्याइन्।  

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्