Kathmandu Press

कुहिने र नकुहिने फोहाेर वर्गीकरण नगरे जरिवाना

काठमाडाैं, असार ९ : आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहाेरको वर्गीकरण नगरे जरिवाना लाग्नेछ। काठमाडौँ महानगरपालिकाले फोहाेरको सहज व्यवस्थापनका लागि आगामी साउन १...
कुहिने र नकुहिने फोहाेर वर्गीकरण नगरे जरिवाना

काठमाडाैं, असार ९ : आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहाेरको वर्गीकरण नगरे जरिवाना लाग्नेछ। काठमाडौँ महानगरपालिकाले फोहाेरको सहज व्यवस्थापनका लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई वर्गीकरण गर्न लागेको हो।  

कामपाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहाेरको वर्गीकरण नगर्नेलाई रु. ५०० जरिवाना गर्ने चेतावनी दिएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहाेर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिनेछ। 

'यसअघि सबै किसिमको फोहाेर एउटै भाँडामा राख्ने शैली भएकाले नागरिकलाई बानी छैन त्यसैले अहिलेदेखिनै बानी पार्न कामपाले सम्झाएको हो,' प्रमुख राईले भनिन्। कामपा, सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै  फोहाेरको वर्गीकरण गर्ने सहमति भएको छ।

३२ वडा रहेको कामपामा यसअघि पनि केही वडामा स्रोतमानै फोहाेरको वर्गीकरण गर्ने कार्यको सुरुवात भए पनि  कडाइका साथ लागू नहुँदा निरन्तरता पाउन सकेको थिएन।

प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्