Kathmandu Press

प्रजातन्त्रवादी नेत्री सुची नजरबन्दबाट एकान्त काराबासमा

याङ्गुन, असार ९ : भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त कारावासमा सारिएको छ ।आपराधिक...
प्रजातन्त्रवादी नेत्री सुची नजरबन्दबाट एकान्त काराबासमा

याङ्गुन, असार ९ : भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त कारावासमा सारिएको छ ।

आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् । सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुचीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भने पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो।  

लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुचीमाथि सैनिक सरकारले मदतानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत विभिन्न आरोप लगाएको थियो। 

प्रकाशित मिति: १५:०५ बजे, बिहीबार, असार ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्