Kathmandu Press

न्यायाधीश-अधिवक्ताबीच घुसका लागि भएकाे वार्तालाप अडियोबारे सदनमा प्रश्न उठ्याे

न्यायाधीश-अधिवक्ताबीच घुसका लागि भएकाे वार्तालाप अडियोबारे सदनमा प्रश्न उठ्याे

काठमाडौं, असार ९ : न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच घुसका लागि भएको मोलमोलाइको अडियोबारे सदनमा पनि प्रश्न उठेको छ।

आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद लीलादेवी सिटौलाले न्यायाधीश कोइराला र नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको संवादको विषयमा प्रश्न उठाएकी हुन्।

उनले अरू क्षेत्रजस्तै न्यायालय पनि ‘सेटिङ’मा चलेको बताइन्। ‘नेपालकै न्यायालय कस्तो छ भन्ने प्रस्टै देखियो, जनताको आँखाले देख्ने गरी निस्कियो। दुःखको कुरा, यो देशमा सरकारी निकायमा रहनेहरू, राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेका छन्,’ उनले भनिन्, ‘देश डुबिरहेको छ। देश टाट पल्टिएको छ। अदालत सेटिङमा घुस खान्छ।’

न्यायालयमा देखिएको बेथितिविरुद्ध सिंगो संसद एकजुट भएर उभिनुपर्नेमा उनले जोड दिइन्।

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, असार ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्