Kathmandu Press

भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार !

गायन (अफगानिस्तान), असार ९ : दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ। बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत...
भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार !

गायन (अफगानिस्तान), असार ९ : दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ। बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन्।

भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको र एक हजार पाँचसयभन्दा बढी घाइते भएका छन्। घाइते तथा मृतकको सङख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन्। पक्तिका प्रान्तको गायन जिल्ला सबैभन्दा धेरै प्रभावित भएको छ। 

Hardik ivf

भूकम्पले भत्काएका भग्नावशेषमा मानिसहरूको खोजी भइरहेको छ। बाँचेकाहरू घरायसी उपकरण लिएर खोजी तथा उद्धारमा जुटेका छन्। उनीहरू हातले  भग्नावेशष हटाइरहेका छन्। तालिबान र उनीहरूको नियन्त्रणबाट भागेका अन्तर्राष्ट्रिय समुदाय भूकम्प पीडितहरूलाई सघाउन सङ्घर्ष गरिरहेका छन्। 

बढ्दो गरिबी र भोकमरीका बीच थपिएको यो विपत्तिमा अफगानीहरू अन्तर्राष्ट्रिय समुदायको मुख ताकेर बसेका छन् भने बाह्य सहायता पनि मन्द गतिमा प्राप्त हुन थालेको छ। छिमेकी पाकिस्तानबाट केही राहत सामग्री प्राप्त भएको छ। 

दश महिनाअघि उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकी सेना फिर्ता भएसँगै देशको स्वास्थ्य प्रणाली ध्वस्त भएको छ। तालिबान शासन शुरू भएयता अन्तर्राष्ट्रिय वित्तीय सहयोग पनि लगभग रोकिएको छ।

भूकम्प पीडितहरूले अन्तर्राष्ट्रिय  मानवीय सहायताका निम्ति आह्वान गरेका छन्। उनीहरूले भग्नावशेष हातले पन्छाएर पुरिएकाहरूलाई जीवितै उद्धार गर्न कठिन हुने पीडादायी परिस्थितिबारे जानकारी पनि गराएका छन्। 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्