Kathmandu Press

बुढानीलकण्ठमा महिलाको शव भेटियो

काठमाडौं, असार ९ : काठमाडौंको बुढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ।बुढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा  मृत भेटिएको जिल्ला प्रहरी परिसर...
बुढानीलकण्ठमा महिलाको शव भेटियो

काठमाडौं, असार ९ : काठमाडौंको बुढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ।

बुढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा  मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ। घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।


 

प्रकाशित मिति: १३:०० बजे, बिहीबार, असार ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्