Kathmandu Press

अफगानिस्तानका भूकम्पपीडितलाई पाकिस्तानको सहयोग

काठमाडाैं, असार ९ : अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको...
अफगानिस्तानका भूकम्पपीडितलाई पाकिस्तानको सहयोग

काठमाडाैं, असार ९ : अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो।

पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्धारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएअनुसार ती सहायता सामग्रीहरुमा टेन्ट, लत्ता कपडा, खाद्यान्न र औषधि रहेका छन्।

Hardik ivf

ती सामग्रीहरु बिहीबार नै अफगानिस्तान पुर्‍याइने तयारी गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ। अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी हजार जनाभन्दा बढीको मृत्यु भएको हो।

खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका बुधबार प्राप्त समाचारमा जनाइएको थियो।  

भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। भूकम्पका कारण धेरै ठाउँका हजारौं भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन्। स्थानीय समयानुसार बिहान १.३० बजेतिर भूकम्प आएको हो।

घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ। घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौ उद्धारकर्ता पनि परिचालित छन्।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो। तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए।

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्