बढ्यो सुनको मूल्य

काठमाडाैं, असार ९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु. ९७ हजार ५०० पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार छ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ५ ले घटेर रु एक हजार २५० तोकिएको महासंघले जनाएको छ।
प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











