Kathmandu Press

रुसी विदेशमन्त्री इरानमा, राष्ट्रपतिसँग भेटघाट

तेहरान, असार ९ : रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन्। उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन्।इरानको राष्ट्रिय टेलिभिजन संस्था...
रुसी विदेशमन्त्री इरानमा, राष्ट्रपतिसँग भेटघाट

तेहरान, असार ९ : रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन्। उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन्।

इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबाधर इरानको भ्रमणमा गएका थिए।

Hardik ivf

उनी इरानमा दुई दिनसम्म रहने समाचारमा जनाइएको छ। त्यस क्रममा उनले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ।

उनीहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ।

साथै उनको यस भ्रमणका क्रममा इरान र रुसबीचको व्यापारिक साझेदारी र द्विपक्षीय लगानी आदिका विषयमा पनि सम्झौता हुने बताइएको छ।

प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्