टिपरको ठक्करबाट भक्तपुरमा दुई जनाको मृत्यु
भक्तपुर, असार ९ : टिप्परको ठक्करबाट भक्तपुरका दुई जनाको मृत्यु भएको छ।आज बिहान भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको...
भक्तपुर, असार ९ : टिप्परको ठक्करबाट भक्तपुरका दुई जनाको मृत्यु भएको छ।
आज बिहान भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा दुई जना घाइते भएका थिए।
उनीहरुलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। दुवै जनाको उचपारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ।
दुवै जनाको परिचय खुल्न सकेको छैन। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ०८:०५ बजे, बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार