Kathmandu Press

वीरगञ्जबाट इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

वीरगञ्ज, असार ९ : देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ।गत आर्थिक वर्षको ११...
वीरगञ्जबाट इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

वीरगञ्ज, असार ९ : देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ।

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ। गत आवको साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो।

Hardik ivf

चालु आवको सोही अवधिमा वीगरगञ्ज नाका भएर एक खर्ब ५३ अर्ब ३६ करोड सात लाख मूल्यको २५ लाख ३१ हजार ६६० किलोलिटर इन्धन आयात भएको छ। यो गत आर्थिक वर्षको भन्दा १०६.२७ प्रतिशत बढी मूल्यको ७८.५१ प्रतिशत बढी इन्धन आयात भएको हो।

त्यस्तै वीरगञ्ज नाकाबाट हुने खाना पकाउने एलपी ग्यासको आयातमा समेत करीब ८ प्रतिशतले वृद्धि भएको छ। गत आवमा दुई लाख ३९ हजार ६३८ मेट्रिकटन ग्यास आयात भएको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार ५०० मेट्रिकटन बढी अर्थात् दुई लाख ५८ हजार १५० मेट्रिकटन बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको आयात वृद्धि भए पनि मट्टितेलको आयात ३० प्रतिशतले घटेको छ। गत आवमा ११ हजार २२० किलोलिटर इन्धन आयात भएको तुलनामा चालु आवमा तीन हजार ३६० किलोलिटर कम अर्थात् सात हजार ८६० किलोलिटर मात्र आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए।

उनले वीरगञ्ज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन र खाना पकाउने ग्यासबाट गत आवभन्दा चालु आवमा करिब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ। गत आवमा ५४ अर्ब ५३ करोड ९२ लाख राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात् ७२ अर्ब ८२ करोड २६ लाख रुपैयाँ सङ्कलन भएको गुप्ताले बताए।

नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपी ग्यासको आपूर्ति वीरगञ्ज नाकाबाटै हुने गरेको छ। (रासस)

 

प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्