अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या हजार नाघ्यो
काठमाडौं, असार ८ : अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर मर्नेको संख्या एक हजार पुगेको छ । अन्य सयौँ घाइते भएको तालिबान सरकारले जनाएको...
काठमाडौं, असार ८ : अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर मर्नेको संख्या एक हजार पुगेको छ । अन्य सयौँ घाइते भएको तालिबान सरकारले जनाएको छ ।
भूकम्पका कारण पूर्वी पाक्तीका प्रान्तमा पहिरो आइरहेको छ । भूकम्पले माटोका घरहरू ध्वस्त भएका छन् । उद्धारकर्ताहरूले घाइतेहरूलाई आपतकालीन उपचार गरिरहेका तस्बिरहरू बाहिरिएका छन् । मृतकको संख्या अझै बढ्ने बताइएको छ ।
६ दशमलव १ रिक्टर स्केलको यस भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो । दक्षिणपूर्वी खोस्ट सहरदेखि करिब ४४ किलोमिटर टाढा यसको केन्द्रविन्दु रहेको थियो ।
प्रकाशित मिति: २१:०१ बजे, बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












