Kathmandu Press

पाकिस्तानमा बस दुर्घटना, पाँचको मृत्यु, १० घाइते

इस्लामावाद, असार ८ : पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरु १०...
पाकिस्तानमा बस दुर्घटना, पाँचको मृत्यु, १० घाइते

इस्लामावाद, असार ८ : पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन्।

पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गीत बालतिस्तानमा यात्रु बहाक बस गहिरो नदीमा खसेको छ।

घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छ। घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनीहरूको भनाइ छ।
 
दुर्घटनामा परेको बसमा १५ जना यात्रु थिए। घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

यसअघि गत जुन ८ मा पनि बालोचिस्तानमा भएको दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो। त्यतिबेला यात्रु बहाक भ्यान झण्डै १०० फिट तल खोँचमा खसेको थियो।

प्रकाशित मिति: २०:०६ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्