Kathmandu Press

भीमफेदी करागारमा एक कैदीकाे मृत्यु

मकवानपुर, असार ८ : मकवानपुरस्थित भीमफेदी करागारमा एक कैदीकाे मृत्यु भएकाे छ।लागूऔषध मुद्दामा ३ वर्ष कैदी जीवन बिताइसकेका हेटौंडा-२ का ३४ वर्षीय मिलन...
भीमफेदी करागारमा एक कैदीकाे मृत्यु

मकवानपुर, असार ८ : मकवानपुरस्थित भीमफेदी करागारमा एक कैदीकाे मृत्यु भएकाे छ।

लागूऔषध मुद्दामा ३ वर्ष कैदी जीवन बिताइसकेका हेटौंडा-२ का ३४ वर्षीय मिलन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीबाट रिफर गरेर थप उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टम भएपछि मात्रै कैदीको के कारण मृत्यु भएकाे भन्ने बताइने प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १८:३२ बजे, बुधबार, असार ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्