Kathmandu Press

श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने : प्रधानमन्त्री विक्रेमासिङ्घे

काेलम्बाे, असार ८ : श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने बताएको छ।श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रेमासिङ्घेले बुधबार संसदलाई अन्तरराष्ट्रिय मौद्रिक कोष...
श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने : प्रधानमन्त्री विक्रेमासिङ्घे

काेलम्बाे, असार ८ : श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने बताएको छ।

श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रेमासिङ्घेले बुधबार संसदलाई अन्तरराष्ट्रिय मौद्रिक कोष (आईएमएफ) सँग कर्मचारी स्तरीय सम्झौता र जुलाईको अन्त्यसम्ममा जमानत प्याकेजको कार्यक्रम तय गरिने कुरा बताएका छन।

Hardik ivf

प्रधानमन्त्रीले आईएमएफसँग पहिलो पटक प्रत्यक्ष सम्बाद आगामी सोमबारबाट सुरु भएको र १० दिनसम्म चल्ने बताए।

विक्रमासिंघेले भने, 'श्रीलङ्काका लागि एक मात्र सुरक्षित विकल्प भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल गर्नु हो। साँच्चै भन्ने हो भने, यो हाम्रो एक मात्र विकल्प हो। हामीले यो बाटो अपनाउनु पर्छ।'  

उनले सार्वजनिक वित्त, अर्थतन्त्र, कर्जा व्यवस्थापन, बैंकिङ क्षेत्रको स्थायित्व र सामाजिक सुरक्षाको जालोबारे आईएमएफसँग प्रारम्भिक छलफल सम्पन्न भएको बताए।

वित्तीय तथा कानुनी सल्लाहकार फर्महरूसँग छलफलपछि जुलाईको अन्तसम्ममा श्रीलङ्काको कर्जा पुनःसंरचनाका लागि आधार तय गरिने उनले बताए।  

श्रीलङ्काले गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ र यसको सरकारले अप्रिलमा तिर्नुपर्ने सबै बाह्य ऋण चुक्ता मितिलाई सारेर पछि पुर्‍याएको छ।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्