Kathmandu Press

मल नपाएको भन्दै किसानहरु आन्दोलनमा

मल नपाएको भन्दै किसानहरु आन्दोलनमा

काठमाडाैं, असार ८ : खेतीपातीको समयमा पनि मल नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका छन्।

बुधबार काठमाडौंको माइतिघरमा किसानहरुले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि र महङ्गीबिरुद्ध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा उत्रेका किसानहरुले मलमा भइरहेको कालाबजारी अन्त्य गर, किसानलाई तुरुन्त मल बिउको व्यवस्था गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

त्यस्तै उनीहरुले मल अभावका कारण रोपाई गर्न नपाइएको भन्दै सडकमा नै धानको बीउ रोपेका थिए। 

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, असार ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्