Kathmandu Press

माली आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

माली आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

काठमाडाैं, असार ८ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले मालीमा भएको हिंसात्मक हमलाको निन्दा गर्नुभएको छ।

उनका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गरेका हुन्। अधिकारीहरुका अनुसार मालीमा भएको हमलामा परी एक सयभन्दा बढी नागरिकको ज्यान गएको थियो।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले सो विज्ञप्ति प्रकाशन गरेका छन्। उनका अनुसार मालीको बान्दियागारामा भएको हमलामा परेर ती नागरिकको ज्यान गएको हो।

सो क्षेत्रमा यसै हप्तामा करिब १०० जनाको हत्या भएको बताइएको छ। सो क्षेत्रका एक सय जनाको ज्यान गएको र उनीहरुका घरमा समेत क्षति पुर्‍याइएको थियो।

मालीमा अहिले शान्ति सेना रहेका छन्। तर ती क्षेत्रमा अतिवादी आतङ्ककारीहरुले हिंसात्मक हमला गर्ने गरेका छन्।
पछिल्लो समयमा यहाँ उनीहरुले हिंसा झन् बढाएका छन्। यसबाट कैयौँ नागरिकको ज्यान गएको र ठुलो जनधनको क्षति पुगेको छ। 

प्रकाशित मिति: १७:२२ बजे, बुधबार, असार ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्