Kathmandu Press

भारतमा थप १२ हजारभन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली, असार ६ : सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा...
भारतमा थप १२ हजारभन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली, असार ६ : सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। 

हाल भारतमा ८१ हजार ६८७ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१९ प्रतिशत हो।

Hardik ivf

पछिल्लो एक दिनमा नौ हजार ८६२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख २५ हजार ५५ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ। 

कोरोना महामारीबाट मङ्गलबार भारतमा १३ को मृत्यु भएको छ। यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८७० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ४५ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ।

यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ८८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ। 

प्रकाशित मिति: १७:२० बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्