Kathmandu Press

‘निगम घाटामा भए कर्मचारीले बोनस कसरी खान्छन्?’ 

काठमाडाैं, असार ८ : राष्ट्रियसभाका सांसदहरुले निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् भन्दै  प्रश्न गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको...
‘निगम घाटामा भए कर्मचारीले बोनस कसरी खान्छन्?’ 

काठमाडाैं, असार ८ : राष्ट्रियसभाका सांसदहरुले निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् भन्दै  प्रश्न गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले दिएको वक्तव्यको सम्बन्धमा केन्द्रित रही प्रश्न गर्दै सांसद सुमित्रा बिसीले भने, 'यदि निगम घाटामा छ भने कर्मचारीले बोनस कसरी खान्छन्?' 

सांसद देवेन्द्र दाहालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सरकारले दीर्घकालीनभन्दा पनि विद्यार्थी र गरिबीको रेखामुनि रहेका जनतालाई लक्षित गरी तत्कालीन योजना ल्याउनुपर्नेमा जोड दिए। सांसद अनिता देवकोटाले समग्रमा मूल्य वृद्धि भइरहेको सन्दर्भ उल्लेख गर्दै सरकारले जनतालाई करमा छुट दिनुपर्ने धारणा राखे।

Hardik ivf

सांसद प्रकाश पन्थले सरकारले नै विद्युतीय चुल्होहरु सर्वसुलभ रुपमा उलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। कम्तीमा सरकारी गाडीहरुलाई विद्युतीय प्रणालीमा लैजानुपर्ने उनको भनाइ छ। सांसद भगवती न्यौपानेले 'मूल्य वृद्धि भइरहेको सन्दर्भमा सरकार र पेट्रोलियम पदार्थका व्यापारीबीच मिलेमतो छैन भनेर कसरी विश्वास गर्ने प्रस्ट हुन चाहन्छु' भन्दै प्रश्न गरे। 

सांसद शेखरकुमार सिंहले अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको स्वीकार गर्दै किसानलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरे। सांसद गङ्गाकुमारी बेल्वासेले एलपी ग्यासको रङ, गन्ध र आकारका आधारमा घरायसी र व्यापारिक प्रयोगका निम्ति जतिसक्दो चाँडो छुट्याउनुपर्ने माग गर्दै एक पटकका लागि सबै नेपालीलाई विद्युतीय चुल्हो निःशुल्क  उपलब्ध गराउनुपर्नेमा जोड दिए। सांसद भैरवसुन्दर श्रेष्ठले दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना भएको बताउँदै अभावबारे बजार अनुगमनमा भइरहेको ढिलाइप्रति टिप्पणी गरे। 

सांसद उर्मिला अर्यालले सरकारले कम भन्सार लगाएर विद्युतीय सवारी सञ्चालनको योजना ल्याउनुपर्ने धारणा राखिन्। आपूर्तिमन्त्री बडूले सदनमा उठेका प्रश्नको जवाफ दिँदै गरिबीको रेखामुनि रहेका सर्वसाधारणका निम्ति एलपी ग्यासलाई छुट्टै रङ गरेर दिने र परिमाण पनि तोक्ने, व्यावसायिक प्रयोजनका निम्ति छुट्टै दिनेबारेमा निर्णय भइसकेको जानकारी दिनुभयो। उनले मूल्य निर्धारण गर्ने सन्दर्भमा सरकार संवदनशील रहेको बताउँदै निगम अहिले पनि घाटामा रहेर पनि अनुदानबाट सेवा गरिरहेको जानकारी दिए। 

प्रकाशित मिति: १७:१५ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्