थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार ८ : नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परीक्षणका क्रममा २८...
काठमाडाैं, असार ८ : नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परीक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन।
त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ३० जना निको भएका छन्।
हाल नेपालमा १ सय ४२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन्।
प्रकाशित मिति: १७:०९ बजे, बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












