Kathmandu Press

बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

वासिङटन, असार ८ : अमेरिकी सांसदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन्। 

सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन्। बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए। 

Hardik ivf

मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुश नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ। नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर उपलब्ध गराउने लक्ष्य लिएको छ। 

विधेयकमा सहमति भएसँगै लामो समयदेखि बन्दुक हिंसाबाट पीडित अमेरिका अब त्यसबाट केही हदसम्म भएपनि मुक्त हुने विश्वास गरिएको छ।

बन्दुक हिंसाका राजधानीका रूपमा दुर्नाम कमाएका वासिङटन डिसी, शिकागो, लस एन्जलस, डेट्रोइट र न्यु अर्लिन्समा अब नरसंहार नहुने आशा पनि गरिएको छ। 

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्