Kathmandu Press

शङ्खरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु

काठमाडाैं, असार ८ : शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर...
शङ्खरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु

काठमाडाैं, असार ८ : शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताए।

टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिए।

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, असार ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्