Kathmandu Press

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुर, असार ८ : बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक...
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुर, असार ८ : बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका-६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो। 

सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सख्त घाइते भएकी जोशीलाई अस्पताल पुर्‍याउने क्रममै मृत्यु भएको बताइएको छ।

बसका चालक भीमदत्त नगरपालिकाको बनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, असार ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्