Kathmandu Press

जिसस सप्तरीको निर्वाचन असार  १२ मा

सप्तरी, असार ८ : जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार  १२ गतेआइतबार हुने  भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन...
जिसस सप्तरीको निर्वाचन असार  १२ मा

सप्तरी, असार ८ : जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार  १२ गतेआइतबार हुने  भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन आइतबार हुने सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

मंगलबार मतदाता नामावली प्रकाशन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। 

यस्तै बिहीबार उम्मेदवारको मनोनयन दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो। शुक्रबार मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन तथा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

Hardik ivf

शनिबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरी आइतबार मतदान गर्ने कार्यक्रम तय गरिएको छ। जिल्लामा १८ स्थानीय तह रहेको र जिससका लागि कूल ३६ मतदाता छन्। 

जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीका अनुसार नेपाली कांग्रेसको पाँच प्रमुख÷अध्यक्ष र ७ उपप्रमुख÷उपाध्यक्ष गरी सर्वाधिक १२ मत छ। यस्तै जनता समाजवादी पार्टी (जसपा) को ३ प्रमुख/अध्यक्ष र ५ उपप्रमुख/उपाध्यक्ष गरी ८ मत छ। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को ३ अध्यक्ष र २ उपाध्यक्ष गरी ५ मत, नेकपा ९एमाले० को ३ प्रमुख/अध्यक्ष र १ उपप्रमुख गरी ४ मत छ।

जनमत पार्टीको १ प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्ष गरी ३ मत छ भने नेकपा एकीकृत समाजवादीको १ प्रमुख र १ उपप्रमुख गरी २ मत तथा माओवादी केन्द्रको १ प्रमुख र १ उपाध्यक्ष गरी २ मत छ। 

कांग्रेसले आफ्नो नेतृत्वमा केन्द्रीय गठबन्धनअनुसार निर्वाचन जानुपर्नेमा जोड दिएको छ भने जसपाको नेतृत्वमा कांग्रेसबाहेकको दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरिरहेका बताइएको छ।

प्रकाशित मिति: १२:११ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्