टर्कीले संयुक्त राष्ट्रसंघ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने
अंकारा, असार ८ : टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ। युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको...
अंकारा, असार ८ : टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ। युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो।
टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ। आगामी हप्ता चार दिनका लागि सो बैठकको आह्वान गर्ने भएको हो।
यस विषयमा आवश्यक छलफलका लागि टर्कीको सैनिक प्रतिनिधिमण्डल यसै हप्ता रुस जाने भएको छ। सो बैठकमा संयुक्त राष्टसङ्घका महासचवि एन्टोनियो गुटर्रेस पनि सहभागी हुनुहुने भएको समाचारमा जनाइएको छ।
संयुक्त राष्टसङ्घले रुस र युक्रेनलाई शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गर्दै आएको छ। साथै युक्रेनमा जारी रहेको हिंसाका कारण त्यहाँबाट खाद्यान्नलगायतका सामान निर्यात गर्ने बाटो पनि बन्द भएको छ।
यी खाद्यान्न निर्यातका लागि करिडोर स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले आग्रह गर्दै आएको छ।
सो प्रयोजनका लागि सहमति जुटाउन पनि रुस र युक्रेनको सहभागितामा टर्कीले सो बैठकको आयोजना गरिएको टर्कीले जनाएको छ।












