मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
महेन्द्रनगर, असार ८ : कञ्चनपुरको पुर्नबास नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।मोटरसाइकलको ठक्करबाट पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको...
महेन्द्रनगर, असार ८ : कञ्चनपुरको पुर्नबास नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।
युपी ३१ के ८१३० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। घाइते भएका उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर चालक भागेका थिए। उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको मल्लले बताए।
प्रकाशित मिति: ०६:३१ बजे, बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार