Kathmandu Press

आगलागीमा परेर वृद्धाको मृत्यु

संखुवासभा, असार ७ : सङ्खुवासभाको चैनपुर नगरपालिकामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ। चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमाया मगरको मृत्यु भएको...
आगलागीमा परेर वृद्धाको मृत्यु

संखुवासभा, असार ७ : सङ्खुवासभाको चैनपुर नगरपालिकामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ। चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमाया मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

आगोबाट जलेर घाइते भएकी मगरको उपचारका  क्रममा जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो। खाना पकाउने क्रममा उनको लुगामा आगो सल्किएको थियो । उनी घरमा एक्लै बस्दै आएकी थिइन।

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, असार ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्