Kathmandu Press

‘पार्टीमा सद्भाव विकास गर्न आवश्यक छ’

महेन्द्रनगर, असार ७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले पार्टीलाई एकताबद्ध गर्ने सद्भाव विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन। नेपाली कांग्रेस...
‘पार्टीमा सद्भाव विकास गर्न आवश्यक छ’
Hardik ivf

महेन्द्रनगर, असार ७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले पार्टीलाई एकताबद्ध गर्ने सद्भाव विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन। नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ ले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा उनले पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए।

'पार्टीभित्र सद्भाव विकास गर्न नसके गतिशीलता कायम हुनसक्दैन,' उनले भने,'स्थानीय तहमा भएका मतभिन्नता बिर्सेर एकजुट भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ।' त्यसैगरी महिला, दलित र जनजातीलाई पार्टीभित्र ल्याएर अगाडि बढाउनुपर्नेमा नेता साउदले जोड दिए। उनले जनजाती र दलित समुदायको हकअधिकार रक्षाका लागि आफूले पहल गर्ने बताए।

'दलित/जनजातीलाई पार्टीभित्र गोलबन्द गर्न जरुरी छ,' उनले भने,'यहाँका सुकुम्वासी, आरक्ष पीडितको समस्या समाधानका लागि पनि पहल गर्नुछ।' यहाँको निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिन उक्त कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्