Kathmandu Press

मुलुकभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ७ : नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा १४...
मुलुकभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडौं, असार ७ : नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन्। हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्