Kathmandu Press

बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

लन्डन, असार ७ : बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना...
बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

लन्डन, असार ७ : बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ।

हडताल समाप्तीको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नु कामबाट बाहिरिका छन्। 

रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द, भएपछि  मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ।

लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गर्नुभएको छ । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुनः आएको  उनले बताए। 

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, असार ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्