Kathmandu Press

ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चित : मुख्यमन्त्री राउत

जनकपुर, असार ७ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस ९कोभिड–१९० विरूद्धको खोपबाट वञ्चित भएको बताएका छन्। मुख्यमन्त्री राउतले पहुँच हुनेले...
ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चित : मुख्यमन्त्री राउत

जनकपुर, असार ७ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस ९कोभिड–१९० विरूद्धको खोपबाट वञ्चित भएको बताएका छन्। 

मुख्यमन्त्री राउतले पहुँच हुनेले मात्र खोप लगाएको पाइएको बताउनुभयो । अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग, आड्रा नेपालको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको सहजीकरणमा प्रदेशको आठवटै जिल्लामा कोभिड–१९ विरूद्धको खोप सुदृढीकरणमा जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सो धारणा  व्यक्त गरेका हुन्। 

Hardik ivf

मुख्यमन्त्री राउतले खोपको पहुँच बढाउन सञ्चालित यो परियोजनाको कामको प्रशंसा गर्नुभयो । परियोजनाअन्तर्गत गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई घरघरमै गएर खोप लगाइँदैछ। बालबालिकालाई पनि आगामी दिनमा यस्तै घुम्ती सेवा सञ्चालन गर्नुपर्ने मुख्यमन्त्री राउतले बताए। 

खोप लगाउनबाट वञ्चित भएका एक लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने परियोजनाको लक्ष्य रहेको बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीले  हालसम्म चार जिल्लाका ३८ हजार बढी व्यक्तिलाई खोप लगाइएको र बाँकी चार जिल्लामा आजैदेखि खोप सेवा सुरू गरिएको बताए। 

प्रकाशित मिति: १६:५४ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्