Kathmandu Press

रविको पार्टीको विरोध गर्दै दाई हरिशरणले भने– स्वतन्त्र हुन स्वतन्त्र पार्टी किन चाहियो ? 

रविको पार्टीको विरोध गर्दै दाई हरिशरणले भने– स्वतन्त्र हुन स्वतन्त्र पार्टी किन चाहियो ? 

काठमाडौं, असार ७ : रवि लामिछानेका सहोदर दाई हरिशरण लामिछानेले नवघोषित पार्टीको विरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीमा नलाग्ने पनि घोषणा गरेका छन्। 

यद्यपि नयाँ पार्टी घोषणा गरेकामा रविलाई बधाई भने दिएका छन् । नवघोषित पार्टीले नीतिमा परिवारवादलाई निषेध गर्नु सकारात्मक भएपनि व्यवहारिक नभएको बताएका छन् । ‘कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणितू भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि  बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है,’ व्यङ्ग्य गर्दै लेखेका छन्। 

उनले स्वतन्त्र र दलगत राजनीतिका लागि आफूसँग अपार अवसर र सम्भावना रहेको पनि बताएका छन् । उनले स्वतन्त्र हुन स्वतन्त्र पार्टी किन चाहियो भनि प्रश्न समेत गरेका छन्।

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, असार ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्