Kathmandu Press

बैतडी पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी, असार ७ : बैतडीलाई  पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको...
बैतडी पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी, असार ७ : बैतडीलाई  पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। सो घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ । उक्त उमेर समूहका यहाँ चार हजार २६८ बालबालिका रहेका छन्।

Hardik ivf

जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि यहाँका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गर्ने गर्दछ। 

१६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो । प्रत्येक स्थानीय तहका तीन÷तीन वडामा घर धुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो । यी सबै कार्य पूरा भइसकेकाले सोमबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, असार ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्