Kathmandu Press

‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ मा पुन प्रथम

कर्णाली, असार ७ : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक आयोजित खुला ‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम भएका...
‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ मा पुन प्रथम

कर्णाली, असार ७ : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक आयोजित खुला ‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम भएका छन् । आज बिहान सुर्खेत वीरेन्द्रचोकबाट सुरु भई मङ्गलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, चाइना पुल, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्र चोकसम्मको २१ किलोमिटर १०० मिटर दूरी एक घण्टा नौ मिनेट १५ सेकेन्डमा पार गरेर पुन प्रथम भए। 

त्यस्तै, एक घण्टा नौ मिनेट २४ सेकेण्डमा सो दूरी पार गरेर राजन रोकाय द्वितीय र एक घण्टा १० मिनेटमा ११ सेकेन्डमा सो दूरी पार गरी जुम्लाका चिने बुढा तृतीय हुनुभएको कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए। 

Hardik ivf

त्यस्तै, खगेन्द्रबहादुर भाट चौथो, सुवास कार्की पाँचौँ र श्रीकाश राईले छैटौँ स्थान प्राप्त गर्नुभएको सदस्य सचिव सञ्ज्यालले बताए। उनका अनुसार प्रतियोगिताका प्रथम पुनलाई  ७१ हजार, द्वितीय रोकायलाई ४१ हजार, तृतीय बुढालाई ३१ हजार चौथो भाटलाई रु २० हजार, पाँचौँ कार्कीलाई १५ हजार र छैटौँ राईलाई १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।

त्यस्तै, पाँच किलोमिटर छात्रातर्फ प्रथम बिमला कार्की, द्वितीय निशा मल्ल र तृतीय लक्ष्मी शाही हुनुभयो । छात्रातर्फ प्रथम विकास विक, द्वितीय अजय विक र तृतीय प्रकाश बुढा भएका छन्। सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्राछात्रलाई क्रमशः रु १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको जस्तै लक्ष्य लिएर यस  क्षेत्रको विकासको गति अघि बढाउनुपर्ने धारणा राखे । नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले यो खेल प्रतियोगिताले कर्णालीलाई विश्वजगत्मा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टिप्पणी गरे। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताको ऐतिहासिक कदमले कर्णालीको खेल पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने जनाए। 

सदस्यसचिव सञ्ज्यालले खेलजगत्मा गिनिज बुक अफ वल्र्ड रेकर्ड्स हरिबहादुर रोकाय, जुम्ला पातारासी गाउँपालिका सुनमाया बुढाजस्ता उच्च प्रतिभा भएका खेलाडी जन्माउने कर्णालीले अब पनि नेपाललाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्ने बताए। 

प्रतियोगिताबाट ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचारप्रसार, कर्णालीमा खेल पर्यटनको प्रवद्र्धन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने अपेक्षा गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहेका थिए । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले रु छ लाख उपलब्ध गराएको जनाइएको छ। 

‘अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२२’ का अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टरले प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न क्लब, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बल, विभिन्न विद्यालयका छात्रछात्रा गरेर एक हजार २८० खेलाडीहरुले म्याराथन प्रतियोगितमा भाग लिएको संस्थाका प्रोप्राइटर सञ्जीव हमालले जानकारी दिए। 

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्