एसीसी च्याम्पियनसिपमा हङकङसँग भिड्दै नेपाल
काठमाडौं, असार ७ : एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै छ।मलेसियाको किनरारा ओभलमा आज दिउँसो १२ बजे नेपाल...
काठमाडौं, असार ७ : एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै छ।
मलेसियाको किनरारा ओभलमा आज दिउँसो १२ बजे नेपाल र हङकङको खेल हुनेछ। लगातार तीन खेल जितेको नेपाल आज पनि जितका लागि मैदानमा उत्रिनेछ।
नेपालले तीन खेलमा ६ अंक बुटेलर अंकतालिकाको शीर्षस्थानमा छ। हङकङ दुई खेलमा चार अंक बटुलेर दोस्रो स्थानमा छ।
यसअघि नेपालले पहिलो खेलमा भूटानलाई ५० रन पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा कुवेतलाई २५ रनले र तेस्रो खेलमा बहराइनलाई आठ विकेटले पराजित गरेको थियो।
नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एशिया कप महिला टी-२० प्रतियोगिता खेल्न पाउनेछन्।
प्रकाशित मिति: ०८:२६ बजे, मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












