Kathmandu Press

अरू कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने पक्राउ

काठमाडौं, असार ७ : नेपाल प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई जनालाई पक्राउ गरेको छ।प्रहरी वृत्त कालीमाटीको टोलीले...
अरू कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने पक्राउ

काठमाडौं, असार ७ : नेपाल प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त कालीमाटीको टोलीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी बिक्री गर्ने सर्लाही लालबन्दीका २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगरका २६ वर्षीय किरण श्रेष्ठलाई आइतबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो।

Hardik ivf

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरिएको कम गुणस्तर भएको पानीको जार खुलारूपमा बिक्री गर्ने कार्की र श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको बताए।

पक्राउ परेकासँग प्रहरीले पानी बोक्न प्रयोग गरेको बा ११ च ६०४५ र बा६च २८०४ नम्बरको डिआई गाडी र १९७ थान पानीको जार बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रवक्ता मैनालीले बताए। (रासस)

प्रकाशित मिति: ०८:१६ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्