Kathmandu Press

अलकत्रा बोकेको ट्यांकरमा आगलागी

महेन्द्रनगर, असार ७ : कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्या‌ंकरमा आगलागी भएको छ।गएराति भीमदत्त नगरपालिका १८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको...
अलकत्रा बोकेको ट्यांकरमा आगलागी

महेन्द्रनगर, असार ७ : कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्या‌ंकरमा आगलागी भएको छ।

गएराति भीमदत्त नगरपालिका १८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्न अलकत्रा बोकेको ट्यांकरमा आगलागी भएको हो। आगलागीबाट ट्यांकर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

Hardik ivf

ना ४ ख ७८८८ नम्बरको ट्यांकर निर्माण स्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा आगलागी भएको निर्माण कम्पनी जेडआईईसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले बताए। घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी थारु घाइते भएका छन्।

सहचालक निर्बलको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

प्रकाशित मिति: ०७:०० बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्